Logo

बागमती पेज

चैत्र ५, २०७९ आईतबार

बुनपा ११ मा विकास निर्माणका कार्यमा तिब्रता


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका स्थित वडा नं ११ ले विकास निर्माणका कार्यलाई तिब्रता दिएको छ । चुनावी घोषणा अनुरुप वडाले विकास निर्माणका कार्यलाई लक्षित गर्दे काम अगाडी बढाएको हो ।

बूढानीलकण्ठ ११ का वडाध्यक्ष राजु अधिकारीका अनुसार, जनचाहान अनुरुप अवश्यक क्षेत्रमा मर्मत सम्भार तथा पुन निर्माणका कार्य भईरहेका छन् ।

वडामा हाल प्रदेशबाट बजेट विनियोजन गरी प्रगतिचोकबाट भित्र १३ फिट बाटो ढलानको काम सम्पन्न भएको अध्यक्ष अधिकारीले बागमती पेजलाई जानकारी दिए ।

अनी गुम्बा, गरुङटोल, पैंयूटार चौतारो भित्रि बाटो, कञ्चनजंग, जगडोल लगायतका ठाउँमा १३ फिट बाटो निर्माण तथा विस्तारको काम भइरहेको अध्यक्ष अधिकारीको भनाई छ ।

त्यस्तै आनीगुम्बा अगाडी खानेपानीको पाइपलाईन विछ्याउने काम तथा खानेपनिको बोरीङ खन्ने काम पनि भईरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।