Logo

बागमती पेज

चैत्र ५, २०७९ आईतबार

त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा नेविसंघका थापा निर्वाचित


काठमाडौँ । त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सरोज थापा निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सत्कार खत्रीलाई दोब्बर मतान्तरले पराजित गर्दै नेविसंघका थापा त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा निर्वाचित भएका हुन् ।

थापाले २५ मत प्राप्त गरेका छन् भने खत्रीले १२ मत पाएका छन् । सचिवमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कपिल राउत निर्वाचित भएका छन् ।

राउतले २८ मत पाएका छन् भने एमाले निकट अनेस्वास्वियुकी उम्मेदवार शान्ति तमाङले ९ मत पाएकी छन् ।

त्रिपुरा क्याम्पस नाम्दुको स्ववियु सदस्यहरुमा गठबन्धनको तर्फबाट रनिसा तमाङ, आशिशा घिमिरे, विनु घिमिरे निर्वाचित भएका छन् । त्रिपुरा क्याम्पसमा पनि गठबन्धनको प्यानल नै विजयी भएको हो ।