Logo

बागमती पेज

चैत्र ६, २०७९ सोमबार

पाँच डीआइजी एआइजीमा बढुवा (नामावलीसहित)


काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरु बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो । जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो ।