Logo

बागमती पेज

चैत्र ८, २०७९ बुधबार

अनलाइन टेली मेडिटेसन गराउने तयारी गर्दे रोजगार बोर्ड


काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गएका नागरिकहरूका लागि अनलाइन टेली मेडिटेसन गराउने तयारी रहेको बताएको छ । सञ्चाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दे बोर्डले अनलाइन टेली मेडिटेसन गराउने तयारी भएको जानकारी दिएको हो ।

विशेष गरी वैदेशिक रोजगारीका सिलसिलामा रहेका नेपाली नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दे टेली मेडिटेसनको योजना बनाएको बोर्डले बताएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दे वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेलले धेरै जसो नागरिकहरूको जीवनशैली र खानपानका कारण स्वास्थ्यमा पर्न जाने असरलाई कम गर्न तथा सडक दुर्घटना, मेसिनमा च्यापिने लगायतका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले टेली मेडिटेसन गराउन लागिएको बताए ।

जसका लागि वीर अस्पतालसङ समन्वय गरेर आगामी शुक्र बारबाट हप्ताको दुई दिन शुक्रवार र आइतबार दिनको एक घण्टा मेडिटेसन गराउने तालिका रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

कतिपय मुलुकमा शुक्रवार र आइतबार सार्वजनिक बिदा हुने भएकाले यी दुई दिन मेडिटेसन गराउने तय गरिएको बोर्डले बताएको छ । जुनसुकै मुलुकमा रहेका नागरिकले उचित लागेको समयमा वीर अस्पतालका चिकित्सकसङ आफूमा भएको स्वास्थ्य समस्याका बारेमा परामर्श गर्न सकिने पनि बोर्डले बताएको छ ।

अन्तरक्रिया कार्यक्रम विभिन्न मिडियाबाट सञ्चारकर्मीहरू उपस्थित भएका थिए । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बोर्डले वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि विभिन्न तालिमको व्यवस्था गर्दे आएको र आगामी दिनमा पनि विभिन्न अन्तरक्रिया कार्यक्रमहरू गरिने बताए ।

साथै अन्तरक्रियाबाट निस्केका सुझाव तथा निष्कर्ष अनुरूप अन्य योजनाको तयारी गर्ने पनि निर्देशक उप्रेतीले जानकारी दिए ।