Logo

बागमती पेज

चैत्र ८, २०७९ बुधबार

बागमती प्रदेशसभा बैठक स्थगित


काठमाडौँ । बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर चैत्र १० गतेसम्मको लागि स्थगित गरिएको छ ।

बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सूचना टाँस गर्दै बैठक १० गतेसम्मको लागि स्थगित भएको जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ ‘बागमती प्रदेशसभाको मिति २०७९ चैत्र ८ गते बुधबार दिउँसो ३ बजेको लागि भनिएको बैठक विशेष कारणवश माननीय सभामुखज्युले मिति २०७९ चैत्र १० गते दिउँस १ बजे बस्नेगरि निर्धारण गर्नुभएको छ ।’

१० गते बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्तको लागि प्रस्ताव पेश गर्ने सूचनामा भनिएको छ ।