Logo

बागमती पेज

चैत्र १३, २०७९ सोमबार

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धि मान तामाङ निर्वाचित ।


काठमाडौँ । अमेरिकाको न्यु योर्क सहरमा तामाङ सोसाइटी अफ अमेरिका एघारौँ महाअधिवेशन सम्पन्न भएको छ  । अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

पहिलो चरणको कार्यक्रम सके लगत्तै सुरु भएको बन्द सत्रमा निर्वाचन अधिकृत भरत मोक्तानले उम्मेदवारी दरखास्त आह्वान गरेका थिए । अध्यक्ष पदको लागि बुद्धिमान तामाङ र सन्जोग योन्जनले उम्मेदवारी दिएका थिए ।

उम्मेदवार दर्ताको नामावली प्रकाशित भए पश्चात् अध्यक्षका प्रत्याशी दुवै जनालाई आ-आफ्नो धारणा राख्न ५-५ मिनेटको समय दिएको थियो ।  बुद्धिमानले ११ बुँदामा आफ्नो सान्दर्भिक भनाइ राखेका थिए । 

कुल खसेको मत मध्य ८ मत बदर भएको थियो । बुद्धिमानले आफ्नो प्रतिद्वन्द्वी सन्जोग योन्जनलाई १० मतले पछि पार्दै निर्वाचित भएका हुन् । 

निर्वाचित भए पश्चात् बुद्धिमानले आफ्नो भनाइ राख्दै आफूले अघि सारेको प्रत्येक बुँदालाई आत्मसात् गरी कार्य गर्ने प्रतिबद्धता  व्यक्त गरेका छन् । अधिवेशनबाट अन्य पदाधिकारीहरू भने निर्विरोध निर्वाचित भएका छन् । 

जसमा 

वरिष्ठ उपाध्यक्ष- चिना लामा

उपाध्यक्ष -स्तुल बहादुर तामाङ

उपाध्यक्ष -स्आरती लामा मैना 

महासचिव- शमशेर योन्जन 

सचिव-भीम स्याङतन

कोषाध्यक्ष- सेन्तुन लामा 

बोर्ड सदस्य- तीर्थ राज लामा

बोर्ड सदस्य – विष्णु तामाङ 

बोर्ड सदस्य- स्निरा माया लामा निर्विरोध निर्वाचित भएका छन् ।