Logo

बागमती पेज

चैत्र १३, २०७९ सोमबार

नेपाल कराँते महासङ्घको अध्यक्षमा पुनः युवराज लामा विजयी


काठमाडौँ । नेपाल कराँते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा विजयी भएका  छन् । भरतपुर महानगरपालिका चितवनको पटिहानेमा सम्पन्न महाधिवेशनबाट लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ निर्विरोध चयन भएका छन् ।

चयन हुनेमा उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन हुनुभएको हो। महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । 

त्यस्तै सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् । अन्य सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जय सुन्दर सैँजु, रवि महर्जन, हिकमत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाही कुमारी तिनुङ चयन भएका छन् ।

महाधिवेशनबाट पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिमा दीपेश शाक्य, निवास गोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन् ।

७६ जना मताधिकार प्राप्त प्रतिनिधि सहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । 

सितोरियो, गो जुरियो, वादुरियो र सोतो कान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । वि.सं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा सोही खेलको सुरुआत भएको थियो ।