Logo

मेघनाथ पहाडी

चैत्र १६, २०७९ बिहीबार

बागमती प्रदेश सरकारको प्रवक्तामा गंगानारायण श्रेष्ठ चयन


Ganganarayan shrestha Ganga Manab

काठमाडौँ । बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ चयन भएका छन् ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

सिन्धुलीबाट प्रत्यक्ष तर्फ निर्वाचित भएका श्रेष्ठलाई गत माघ ११ गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कानुन मन्त्री नियुक्त गरेका थिए ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता श्रेष्ठ सिन्धुलीबाट माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका थिए ।