Logo

बागमती पेज

चैत्र १६, २०७९ बिहीबार

कांग्रेसका ८ मन्त्री छान्ने जिम्मा देउवालाई


sher-bahadur-deuba

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालयअनुसार मन्त्रीको नाम पठाउने प्रवक्ता प्रकाशशरण महतले बताए । १० दलीय गठबन्धनमा कांग्रेसलाई ८ मन्त्री भागमा परेको छ ।

मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने महतले बताए ।

उनले भने, ‘सभापतिजीले सबैसँग छलफल र सुझाव लिनुभएको छ । त्यही अनुसार निर्णय लिनुहुन्छ । अब आजै शपथ लिने भन्ने विषयमा प्रधानमन्त्रीले खबर गर्नुहोला ।’

बारा २ को उम्मेवार चयनका लागि फेरि छलफलका भने १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर फेरि निर्णय लिने उनले बताए । त्यहाँ कांग्रेसले जसपालाई छाड्ने तयारी गरेको छ ।