Logo

बागमती पेज

चैत्र २०, २०७९ सोमबार

जी.डब्लु.एम नेपालको ‘हर्षमय नव वर्ष २०८०’ अफर


काठमाडौँ । जी.डब्लु.एम नेपालद्वारा नव वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर सार्वजनिक आकर्षक नगद छुट र स्पेसल सेलेव्रेसन डिस्काउन्ट ल्याएको छ । 

ग्रेट वाल मोटर (जी.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भि.जी. ईम्पेक्स प्रा.ली ले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको हो । 

यो अफर नेपालभर १५ दिनसम्म चालु रहने आधिकारिक विक्रेताले जनाएको छ ।  सो अवधिमा खरिद गरिएका जी.डब्लु.एम का सबै मोडलका गाडीहरूको खरिदमा रु.५ लाख बराबरको फाइदा उपलब्ध हुनुका साथै आकर्षक नगद छुट, स्पेसल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू मान्य हुनेछ ।

हरेक जी.डब्लु.एम गाडीको खरिदमा, ग्राहकले निःशुल्क एक्सेसोरिज का साथ स्ट्यान्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस पाउन सक्नेछन् । 

साथै अफरहरू: आकर्षक नगद छुट स्पेसल सेलिव्रेशन डिस्काउन्ट एक वर्षको व्यापक बिमा निःशुल्क एक्सेसोरिज ५ वर्षको वारेन्टी ८ ५ वर्ष निःशुल्क सर्भिस ८ स्पट भ्यालुएसन, एक्सचेन्ज र अन्य धेरै जी.डब्लु.एमको बारेमा ग्रेट वाल मोटर (जी.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । 

यस कम्पनीको कर्मचारी सङ्ख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरू बिक्री गरिरहेको छ । चीन बाहेक जी डब्लु यमले आफ्ना उत्कृष्ट गाडीहरू ६० भन्दा धेरै राष्ट्रहरूमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ । 

यस मोटर नेपालले लोकप्रिय गाडीहरू नेपाल ल्याउन सफल भएको छ । जी.डब्लु.एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोबल मोडेलहरूका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ ।