Logo

बागमती पेज

चैत्र २१, २०७९ मंगलबार

‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक


काठमाडौं : लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ ग्राहक माझ ल्याएको छ।

हुन्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै उक्त योजना ग्राहक माझ ल्याएको हो। यो ग्राहकमुखी योजना यही चैत्र १३ देखि सुरु भएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले पाँच लाखसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षका आधारमा दुई लाखसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजारसम्म र एक्सचेन्ज बोनस ८० हजारसम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्ने छन्।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने छन्।

सबै हुन्डाई गाडीहरू ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्।

हुण्डाईले गएको महिना मात्रै VENUE र NIOS फेसलिफ्ट भर्जन लञ्च गरेको थियो। यस स्किमबाट हुण्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाइदा लिन सक्नेछन्। लक्ष्मीले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।