काठमाडौं । रामेछापको मन्थली नगरपालिकामा बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
दुर्घटनामा परी मन्थली नगरपालिका ७ कौछेनीकी ८२ वर्षिया नन्दमाया भण्डारी सोही स्थानकी ६८ वर्षिया जेशुङ तमाङ, ४० वर्षिया ज्यान रानी तमाङ, ८ वर्षिया बालिका लाक्पा घिसिङ र बोलेरो चालक ५० वर्षिय दलबहादुर आलेमगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार चार जनाको घटना स्थलमै मृत्यु भएको हो भने बोलेरो चालक आलेमगरलाई उपचारका लागि सामुदायिक अस्पतामा पु¥याइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी ११ जना घाईते भएका छन् । घाईतेमध्ये ६ जनाको अवस्था गम्भिर छ ।
गम्भिर घाईते ६ जनामध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्य तीन जनाको सामुदायिक अस्पताल मन्थलीमा उपचार भइरहेको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार अन्य घाईतेको अवस्था सामान्य भएपनि उनीहरुको पनि उपचार भइरहेको छ । मन्थली नगरपालिका ७ कौछेनी मानेखोप स्थित मन्थलीबाट कौछेनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको डबलक्याप बोलेरो सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्