Logo

बागमती पेज

चैत्र २४, २०७९ शुक्रबार

कोरोना संक्रमण बढ्यो


भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने संख्या ६ हजार ५० नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ,यो संख्या सँगै सक्रिय संक्रमितको संख्या २८ हजार ३ सय ३ पुगेको छ । साथै २४ घण्टाको अवधिमा संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।
यो पछिल्लो २ सय ३ दिनको रेकर्ड संख्या हो । गत वर्ष सेप्टेक्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटीदर ३.०२ प्रतिशत रहेको छ । भारतमा हालसम्म ४.४७ करोड कोरोना संक्रमित भेटिएका छन् ।