Logo

बागमती पेज

चैत्र २९, २०७९ बुधबार

नेकपा एस ललितपुरमा पहिरो, जिल्ला सचिव सहित ३९ जना एमालेमा फर्किए


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर, वडा कमिटीका ३९ जना नेताकार्यकर्ताहरू नेकपा एमाले प्रवेस गरेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरेका थिए ।

नेकपा एमाले मा फर्कनुहुनेहरूमा जिल्ला कमिटीका सचिवालय सदस्यहरू शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, जिल्ला कमिटी सदस्यहरू माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, विष्णु घिमिरे, सानुमैया कार्की, रुद्रबहादुर केसी रहेका छन् ।

त्यसैगरी नेकपा एसका ललितपुर महानगर कमिटीका सदस्यहरू नरेन्द्र चन्द, महेन्द्र मानन्धर, राजमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, वडा कमिटी सदस्यहरू विमला कार्की, शोभा मिश्र, नरेन्द्र तण्डुकार, रामकाजी महर्जन, देवी थापा मगर, सुलोचना गुरुङ, राधा पन्त, राजेश मानन्धर, रमा लामा, हस्तबहादुर पुन, राजन घिमिरे, विनोद श्रेष्ठ, देवी लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु, राजिव बानिया, विक्रम घिमिरे, राजन घिमिरे, सञ्जय पोखरेल, कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन पनि नेकपा एमाले मा फर्केका छन् ।

नेकपा ९एमाले० ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुशीला नेपाल र केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो ।