Logo

बागमती पेज

चैत्र २९, २०७९ बुधबार

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मृत फेला परेका छन् । अन्दाजी सात महिनाको पोथी र ६ महिनाको भाले गैँडा मृत फेला परेको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले ती गैँडा फरक फरक स्थानमा मृत भेटिएको जानकारी दिए ।

उनका अनुसार निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित कोर क्षेत्रमा पर्ने नारायणी नदीको भङ्गालोनिर पोथी गैँडा मृत अवस्थामा भेटिएको र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँस घारीमा भाले गैँडा मृत भेटिएको हो ।

पोथी गैँडा भाले गैँडाको आक्रमणबाट मरेको र भाले गैँडा बाघको आक्रमणबाट मरेको तिवारीले जानकारी दिनुभयो । दुवै गैँडाको उमेर सानो भएकोले खाग नपलाएको उनले बताए ।