Logo

मेघनाथ पहाडी

बैशाख १८, २०८० सोमबार

बूढानीलकण्ठका ३०१ जनाको निःशुल्क आँखा परिक्षण, उपचारमा सहुलियत हुने


काठमाडौँ : बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–९ मा मधुमेहबाट आँखामा पर्ने असरवारे सचेतना फैलाउने उदेश्यले मधुमेह विमारीहरुका लागि निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान केन्द्रको सहयोगमा आँखा परिक्षण तथा उपचार हुने भएको हो ।

शनिवार वडा कार्यालयमा भएको कार्यक्रममा ३०१ जना सेवाबाट लाभान्वित भएका छन् । जसमा ४० वर्ष नाघेका र ज्येष्ठ नागरिकलाई लक्षित गरि कार्यक्रम गरिएको वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले बताईन् । वडा भित्र रहनुभएका आमावुवालाई आखाका समस्या नहोस् भनेर रोग लाग्नु पहिले नै रोकथाम गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले स्वास्थ्य राम्रो भए सबैथोक गर्न सकिन्छ भन्ने धारणा राखेका थिए । रोग लाग्नुभन्दा पहिले नै हामीले आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्ने उनले बताए ।

उहाँले भने, “हाम्रो स्वास्थ्यका लागि खेती गर्नु राम्रो हो । खेर जाने फोहोर संकल्न गरेर खेती गरे वातावरण पनि स्वच्छ रहन्छ र स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।”

त्यसैगरी तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम अधिकृत नविन राजवंशीले मधुमेह भएर र हुन सक्ने सम्भावित व्यक्तिको आँखाको पर्दाको फोटो खिच्ने र विशेषज्ञसँग रोग छ कि छैन, कस्तो प्रकारको समस्या छ । समस्या भए विज्ञहरुको परामर्शमा सहुलियत दरमा उपचार गराउने जानकारी गराए ।

कार्यक्रममा आखाँको पर्दाको इन्भेष्टिकेशन, लेजर प्रविधिबाट आँखाको पर्दाको उपचार, इन्जेक्ससँग अभाष्टिनद्वारा पर्दाको उपचार र शल्यक्रियाद्वारा आँखाको उपचार गराउने जनकारी दिए । र मोतिविन्दु भएको पाईएमा अस्पतालले निःशुल्क उपचार गराउने समेत जानकारी गराएका छन् ।

वडा सदस्य रमेश गौतमले वडाले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्ने जानकारी गराएका थिए । ज्यष्ठ नागरिकलाई व्यवस्थित ढंगले सामाजिक सुरक्षा भक्ता प्रदान गर्ने, उहाँहरुको स्वास्थ्यलाई ख्याल गरी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

यस्ता रोग लाग्नबाट कसरी बच्ने, कस्ता किसिमका खानेकुराहरु खाने, कसरी आँखाको हेरचाह गर्ने लगायतका विषयमा समेत जनचेतनामुलक शिक्षा प्रदान गरिएको थियो ।