Logo

मेघनाथ पहाडी

बैशाख ३१, २०८० आईतबार

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको अध्यक्षमा धर्मशागर ढकालको दावी


काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला काठमाडौँ अध्यक्षमा धर्म शागर ढकालले दावी गरेका छन् । काठमाडौँमा हुन गइरहेको नेपाल ट्रेड युनियन सातौ अधिवेशन कांग्रेसको अध्यक्षमा ढकालले दावी गरेका हुन् ।

ढकाल विगतदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । २०५३ सालमा कृषि विकास बैंकमा अवद्ध भएका उनले तीन कार्यकाल कृषि विकास बैंकको केन्द्रीय सदस्य भएर आफ्नो जिम्मेवारी सम्हाल्न सफल भए । काठमाडौँ जिल्ला ट्रेड युनियनको वरिष्ठ सदस्यमा निर्वाचित बनेका ढकाल हाल नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रिय प्रतिनिधि समेत रहेका छन् ।

नेपाल ट्रेड युनियनको नेतृत्वबाट श्रमिकहरुले अपेक्षा गरे अनुरुपको नतिजा नपाएपछि आफुले उम्मेदवारी दिने निर्णय गरेको ढकालको भनाइ छ । उनले भने, जिल्लाको नेतृत्व प्रभावकारी बनाउन र सक्रिय ढंगले संघलाई अघि बढाउन अध्यक्षमा मेरो दावी छ ।

नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला कार्यालय व्यवस्थित रुपमा संचालन गर्न, मजदुरको समस्यामा सेवा पुर्याउने, सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न निरन्तर रुपमा लागि पर्ने प्रतिबद्धता उम्मेदवार धर्म शागर ढकालले जनाए ।

श्रमिकका छोराछोरीको शिक्षामा प्रथामिकता दिने । मजदुर अस्पतालको व्यवस्था गर्न राज्यसँग पहल गर्ने खालका योजना रहको ढकालको भनाइ छ ।