Logo

बागमती पेज

जेष्ठ ३२, २०८० बिहीबार

आज पनि घट्यो सुन चाँदीको मूल्य


काठमाडौं । बिहीबार पनि सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आज १४ सय ५ रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख ११ हजार ८ लाख ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।