Logo

बागमती पेज

असार २९, २०८० शुक्रबार

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने- विद्यार्थीको उत्कृष्ट गन्तव्य मनास्लु वर्ल्ड कलेज


काठमाडौं । मनास्लु टिम अफ इन्टरप्रिनर नामक कर्पोरेट हाउसद्धारा सञ्चालित चावहिल क्षेत्रको एक मात्र ISO Certified कलेज हो मनास्लु वर्ल्ड कलेज । (ISO 9001:2015) जुन कर्पोरेट हाउसले मनास्लु जस्तै विभिन्न क्षेत्रहरुमा नेपालका सातै प्रदेशमा लगानी गर्ने योजना बनाएको छ । आगामी दश वर्षमा पाँच हजार भन्दा बढी युवालाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको छ । कलेजले भर्खरै आफ्नो स्थापनाको २५ औं वर्ष पार गर्‍यो र रजतजयन्ती मनायो ।

प्ले ग्रुपदेखि स्नातक तहसम्मको अध्ययन अध्यापन हुँदै आएको मनास्लुमा करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् । यस कलेजमा प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन जस्ता संकायहरुमा पढाइ हुँदै आएको छ, भने कक्षाहरु बिहानी र दिवा गरेर दुवै सत्रमा पढाइन्छ ।

विज्ञान संकायको हकमा अत्याधुनिक प्रयोगशाला, विषय विज्ञ तथा अनुभवी शिक्षकबाट पठनपाठन गराउँदै आएको यस कलेजले विद्यार्थीहरुलाई वर्तमान समयको माग र अपेक्षाअनुसारका सुविधाहरु प्रदान गरी नविन अनुभव पस्कने गर्दछ । सामान्यतः विद्यार्थीहरूलाई विज्ञान भन्ने वित्तिकै निकै गाह्रो विषय हो भन्ने लाग्छ । यही अनुभवलाई चिर्ने जमर्को स्वरुप मनास्लुले विद्यार्थीको सहजताका आधारमा पठनपाठन गराउँदै आएको छ ।

‘अधिकांश विद्यार्थीहरूलाई विज्ञान विषय पढ्न निकै गाह्रो लाग्छ । यस्तो अवस्थामा उनीहरूको बुझाईलाई सरल तर गहन बनाउन शिक्षकले पढाइसकेपछि उनीहरू स्वयम्लाई पावरप्वईन्ट प्रिजेन्टेसन, समूह कार्य, छलफल, प्रयोगात्मक अभ्यास जस्ता व्यवहारिक र अन्तरक्रियात्मक क्रियाकलापहरुमा सहभागि गराउछौँ जसले गर्दा विद्यार्थीहरूको सिकाइ सक्रियता वृद्धि हुन्छ ।’ कलेजका अध्यक्ष गेन्द्र लामाले भने ।

त्यस्तै व्यवस्थापन विषयमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिज जस्ता छनौट विकल्पहरु रहेका छन् । मानविकी र कानुन विषय पनि धेरै विद्यार्थीहरुका लागि उत्कृष्ट रोजाइको गन्तव्य बनेको छ मनास्लु । यस्ता विषयहरुमा विद्यार्थीलाई स्थलगत भ्रमण गराउने, सामूहिक छलफलहरुमा संलग्न गराउने, पावरप्वइन्ट प्रिजेन्टेसनमार्फत पढाउने, व्यवहारिक पाटोमा बढी जोड दिने गरिएको पनि अध्यक्ष लामाले बताए ।

विषेशत शिक्षण सिकाई कृयाकलाप एकतर्फी लेक्चर र नोट लेखाउने जस्ता पराम्परागत अध्यापन गराउने शैलीलाई विद्यार्थीहरुको सकृय सहभागितामूलक पद्धतिले प्रतिस्थापन गर्र्दै मनास्लुका सबै कक्षाहरुमा मल्टिमिडिया र श्रव्यदृष्य सामग्रीहरुको प्रयोग हँुदै आएको उनको भनाइ छ । विद्यार्थीहरूलाई सकेसम्म सक्रिय बनाउनु पर्दछ जसको फलस्वरुप उनीहरु केही न केही कुरा सिक्न तत्पर हुन्छन्, शिक्षकसँग प्रश्न गर्न सक्ने हुन्छन् र प्रश्न गर्नका लागि केही न केही कुरा सिकेको हुनुपर्छ भन्नेमा मनास्लु विश्वास गर्दछ ।

मनास्लु विद्यार्थीलाई मात्र नभएर अभिभावकहरूलाई समेत सिकाइ क्रियाकलापमा सक्रिय गराउने कार्यमा अब्बल मानिन्छ । विद्यालयमा हुने हरेक क्रियाकलापमा अभिभावकलाई पनि उत्तिकै सहभागी गराउने गरेको अध्यक्ष लामाले बताए ।

‘विद्यार्थीको स्तरोन्नतिका लागि जति विद्यार्थीको सहभागिता रहन्छ त्यति नै सक्रिय अभिभावकलाई पनि गराउनुपर्छ । यसो भयो भने उहाँहरू आफ्ना छोराछोरीहरुले हाम्रो कलेजमा के कुुरा सिक्दैछन्, कस्तो प्रगति हुँदैछ, के कस्ता चुनौति र अवसरहरु छन् भनेर स–ुसूचित हुन सक्नुहुन्छ । यस्ता सूचनाका सम्बन्धमा अद्यावधिक पनि हुन सक्नुहुन्छ । अर्कोतिर विद्यार्थी, शिक्षक र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध पनि सुमधुर हुन्छ,’ लामाले जोड दिए ।

पहिलो वर्षभन्दा दोस्रो वर्षमा बढी छात्रवृत्ति

मनास्लुले अधिकतम् विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । जस अन्तरगत प्रवेश परीक्षामा प्राप्त गरेको अंकका आधारमा, एइइमा प्राप्त गरेको जिपिएको आधारमा, विद्यार्थीहरुमा रहेको फरक प्रतिभाको आधारमा र आर्थिक रुपमा विपन्न लक्षित वर्गका विद्यार्थीहरुलाई २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने गरेको छ । लामाले भने, ‘हरेक विद्यार्थीमा केहि न केहि प्रतिभा रहेको हुन्छ जस्तै, कोहि राम्रो फुटबल खेल्छ होला, कोहि राम्रो बास्केटबल खेल्छ होला, कोही राम्रो गीत गाउँछ, कोही राम्रो चित्र बनाउँछ, कोही राम्रो गीतार बजाउँछ, कोही नृत्यमा अब्बल होला भने त्यस्तो विद्यार्थीलाई समेत सफ्ट स्किल र हिडन ट्यालेन्टका आधारमा छात्रवृत्ति दिन्छौैँ ।’

‘हुँदा खाने र हुने खाने’ सबै वर्ग समुदाय सम्म गुणस्तरीय शिक्षाको पहुँच पुग्नुपर्छ भन्ने मान्यता मनास्लुको छ । कुनै विद्यार्थीलाई मनास्लु पढ्न मन लाग्यो तर उसले कुनै प्रकारको छात्रवृत्ति पाउने मापदण्ड पूरा गर्न सकेन, अभिभावकहरूले पढाउन सक्ने अवस्था रहेन भने पनि विशेष व्यवस्था गरेर छात्रवृत्ति प्रदान गर्दै आएको छ । तर त्यसका लागि विश्वासिलो आधारहरु चाहिन्छ । आफूहरू नाफामूलकभन्दा पनि सेवाको भावनाअनुसार अगाडि बढिरहेको लामाले बताए ।

शिक्षा सबैले पाउनुपर्छ भन्ने मान्यताअनुसार नै बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको लामाले बताए । विद्यार्थीहरुले शैक्षिक रुपमा हासिल गरेको दक्षता र अतिरिक्त कृयाकलापहरुमा गरिएको प्रस्तुतिको आधारमा कक्षा ११मा छात्र वृत्ति नपाएकाहरुले पनि कक्षा १२ मा आशिंक देखी पुर्ण रुपमा छात्रवृत्ति पाउने गरेका छन् ।

मनास्लुमा विद्यार्थीले सिक्ने कुरा हो– संस्कार

मनास्लुमा पढाइका अतिरिक्त विभिन्न क्रियाकलापमा जोड दिइन्छ । त्यसले विद्यार्थीहरूको आफूभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन सहज हुन्छ । उनीहरूले शिक्षक तथा विद्यालयको सहयोगमा राम्रो गर्न सक्छन् । त्यसका अतिरिक्त विद्यार्थीले यहाँ सिक्ने अर्को अति महत्वपूर्ण कुरा भनेको ‘संस्कार’ हो । विद्यार्थीहरू किताबको परीक्षामा अनुत्तिर्ण होलान् तर जीवनको परीक्षामा पास हुनुपर्दछ भन्ने मान्यता मनास्लुको छ । ‘जब विद्यार्थी संस्कारी हुँदैन अनि अनुशासनबाहिर जान्छ, त्यस्तो मान्छे जीवनमा सफल हुन सक्दैन । त्यसैले हामी त्यस्तो विद्यार्थीलाई असल संस्कार दिन लागिपर्दछौँ,’ लामाले भने । ‘प्सल टु’ पास गरेर जाने विद्यार्थीसँग पास गरेको सर्टिफिकेटका साथै असल संस्कार पनि हुने उनको भनाइ छ ।

‘सर्टिफिकेट त हुने नै भयो त्यो सवैले पाउँछन् तर त्योसँगै असल संस्कार र सफ्ट स्किल हामीले सिकाएर पठाउँछौँ,’ अध्यक्ष लामाले भने, ‘आउँदा कस्तो संस्कार थियो केकस्तो सीप थियो भन्ने कुराले केही फरक परेन । दुई वर्ष ‘प्लस टु’ पढेर जाँदा विद्यार्थीले कस्तो संस्कार सिक्यो, कस्तो खालको सफ्ट स्किल सिक्यो भन्ने कुरा प्रमुख हुन्छ ।’

कलेजले AHA (American Hospitality Academy) नामक एकेडेमीसँगको सहकार्यमा सफ्ट स्किल ट्रेनिङ प्रदान गर्दै आएको छ । उक्त तालिम कक्षा ६ देखि कक्षा १२ कक्षासम्मका विद्यार्थीहरूले पाउँछन् । जसमा व्यक्तित्व विकास, नेतृत्व विकास, पब्लिक स्पिकिङ, असल चरित्र निर्माण, समय व्यवस्थापन, कम्युनिकेसन स्किल, टिम वर्क, आलोचनात्मक दृष्टिकोण निमार्ण, आत्मानुशासन लगायतका कुराहरु पर्दछन् । विशेषत यस ट्रेनिङमार्फत विद्यार्थीहरुलाई करियर निर्माणमा सहयोग पुग्छ ।

स्तरीयको भौतिक संरचना

अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना यस मनास्लुको अर्को विशेषता हो । कलेजमा अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधार कलेजमा छन् । हरेक कक्षाकोठामा एसी, प्रोजेक्टर छन् भने कलेजको आफ्नै होस्टेल पनि छ । स्कुल कलेजका विद्यार्थीहरू कलेजकै होस्टेलमा बसेर पढ्न सक्छन् ।

मनास्लुको शुल्क पनि अधिकांश विद्यार्थी र अभिभावकको लागि भार नपर्ने खालको छ । त्यसमा मनास्लु नै पढ्न चाहने विद्यार्थीलाई शुल्क तिर्न नसकेको आधारमा पढ्नबाट वञ्चित गराउने अवस्था अहिलेसम्म नरहेको लामाको भनाइ छ ।

मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले आफूहरु सामाजिक क्षेत्रमा पनि थुप्रै काम गर्दै आएको बताए । विभिन्न बालगृह, वृद्धाश्रमलगायतका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको श्रेष्ठको भनाइ छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कलेज आफ्नो कतव्र्यबाट पछि नहट्ने प्रतिबद्धतासमेत उनले जाहेर गरे ।

यो शिक्षा क्षेत्रमा सक्रिय रहेका युवाहरूले स्थापना गरेकोे संस्था हो । मरूभूमिमा समेत हरियाली देख्ने सकरात्मक सोच भएका युवाहरूको जमात मिलेर यो संस्थाको स्थापना गरेको अध्यक्ष लामाले बताए । नेपालको समग्र शिक्षा प्रणालीमा नयाँपन सहितको विकल्प दिनुपर्छ भन्ने मान्यता आफूहरूको रहेको लामाको भनाइ छ ।

‘नेपालका शैक्षिक संस्थाहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो भयो भन्ने आरोप छ । त्यही आरोपलाई चिर्दै दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ भनेर नै लागिरहेका छौँ,’ लामाले भने, ‘विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको दक्ष जनशक्ति उत्पादन गर्नु नै हाम्रो उद्देश्य हो । हरेक क्षेत्र र तह तप्कामा केही समयपछि यहाँ अध्ययन गरेको विद्यार्थी नेतृत्वदायी भूमिकामा हुनुपर्र्छ भन्ने हाम्रो मान्यता हो ।’ मनास्लुबाट पढेर जाने विद्यार्थी अबको केही वर्षपछि हरेक क्षेत्रको नेतृत्वमा पुग्ने विश्वास आफूहरूको रहेको उनले बताए ।

देश बाहिर राम्रा अवसर

मनास्लु पढेका विद्यार्थीहरू देशविदेशमा राम्रो राम्रो प्लेटफर्म पाइरहेका छन् । विश्वका राम्रा मानिएका विश्वविद्यालयमा राम्रो छात्रवृत्तिमा समेत पढ्ने मौका पाइरहेका छन् । विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्नेे अवसर मात्र नभएर उत्कृष्ट क्षेत्रमा स्थापित पनि भइसकेका छन् । सन् २०२१–२२ मा विज्ञान बिषयबाट कक्षा १२ उत्तिर्ण लक्ष्मी लामा र नैना श्रेष्ठले एमबिबिएसमा पूर्ण छात्रवृत्ति पाएका छन् । त्यस्तै साइन्स पढेका सजिन तामाङले भारतीय दूतावासमार्फत बिई÷बिटेकका लागि शतप्रतिशत छात्रवृत्ति पाएका छन् ।

त्यस्तै भर्खर म्यानेजमेन्टबाट कक्षा १२ पास गरेकी आकृति लिम्बूले ‘अमेरीकी सरकारले प्रदान गर्ने Opportunity Fund Grantee 2024” मा छनोट भएकी छिन् । अमेरिकाका विभिन्न विश्वविद्यालयमा ब्याचलर पढ्नका लागि यस कार्यक्रम अन्तरर्गत विभिन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही आधारमा लिम्बू छनोटमा परेकी हुन् ।

मनास्लुमा पढेका विद्यार्थीहरू मेडिकलदेखि आइटी क्षेत्रसम्म छात्रवृत्ति पाइरहेको लामाको भनाइ छ । त्यस्तै गीत सङ्गीत क्षेत्रमा समेत मनास्लु पढेका विद्यार्थीहरूले राम्रो गर्दै आएका छन् । खेलकुद क्षेत्रमा पनि मनास्लु पढेका विद्यार्थी निकै अगाडि छन् । राष्ट्रिय टिममा समेत सहभागी भएर खेल्दै आएका छन् । नमुना संसद्, मोडल युएन, पब्लिक स्पिकिङ, स्पोर्टस् जस्ता विषयलाई सानै कक्षादेखि जोड दिइएको छ ।