Logo

भवानी कार्की

बैशाख ११, २०८१ मंगलबार

भयानक दुर्घटनामा घाइते शुसीलले भरीदिय पर्खाइमा बसेकी बेहुलीको सिउँदो…


काठमाडौँ । गत बैशाख ७ गते शुक्रबारको कुरा हो, दोलखाबाट सिन्धुपाल्चोक विवाहका लागि जन्ती लिएर गएको बस एकाविहानै दुर्घटना भएको खबर आयो । बस एकान्त ठाँउमा दुर्घटना भएपनि घटनाको खबर भने चौतर्फी फैलियो । सडकबाट करिब एक सय मिटर तल खसेर बस दुर्घटनाग्रस्त भयो । उक्त बसमा सवार ५५ जनामध्ये ३ जनाको घटना स्थलमै मृत्यु भयो ।

भीमेश्वर नगरपालिका १ का बेहुला शुसील थामीको घरमा विवाहको भव्य तयारी थियो । अघिल्लो रात नाचगान गरेर बिहान बेहुलाको भेषमा सजिएर उत्साहपुर्वक सिन्धुपाल्चोक पिस्कर स्थित बेहुलीको घरमा हिडेका बेहुला, बेहुलीको घरसम्म नपुग्दै बस भयानक दुर्घटनामा पर्यो । बस पल्टेर सडकबाट एक सय मिटर तल खस्यो ।

बसका चालक समेत जन्तीसँगै बेहुलापनि पल्टिए । बसमा सवार सवै घाइते भए । बेहुला शुसिल पनि शक्त घाइते हुन पुगे । बेहुलीको घर पुग्न मात्र १५ मिनेट बाँकी थियो । उता बेहुलीको घरमा भने निकै रमझम थियो । बेहुली पक्ष जन्तीलाई स्वागत गर्न तम्तयार अवस्थामा थिए । तर जन्ती लिएर जानुपर्ने ठाउँमा बस दुर्घटना भएको खबर पुग्यो । यो खबरले बेहुली पक्ष छाँगाबाट खसेझै भए ।

दोलखाको भीमेश्वर नगरपालिकाका शुसील थामी र सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी प्रविशा थामीबीचको अथाह प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिदै थियो । लामो समयको पर्खाइपछि विवाहको साइत जुरेको थियो । विहेको  दिन शुसील विहानै उठेर ५५ जना जन्ती सहित बस रिजर्भ गरेर सिन्धुपाल्चोक प्रस्थान गर्दै थिए । धेरै जनाको संख्यामा त्यही पनि यात्रुवाहक बसमा सबेरै विहान करिब ३ बजे बेहुली लिन हिँडेका उनीह?मा हर्ष र उमंग थियो ।

उज्यालोको किरण छाउँदै गर्दा निकै रमाइलो यात्रामा रहेका उनीह?ले दोलखा पार गरी मुडे हुँदै सिन्धुपाल्चोक प्रवेश गरे । बेहुलीको घर करिब १५ मिनेटको दुरीमा थियो । त्यही बेला एक्कासी त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीस्थित तौथलीमा बेहुला र जन्ती बोकेको बस दुर्घटनामा परेको खबर आयो । बेहुलीको घर जहाँ स्वागतको भव्य तयारी चलिरहेको थियो ।

गालाभरी घाउ शरीरको विभिन्न ठाउँमा लागेको चोट र दुखाइ सहँदै बेहुला शुसील दुघर्टनास्थलबाट उठे । घाइतेलाई अस्पताल पुर्याय । तीन जना जन्ती समेत गुमाएका उनी शोकमै थिए । तर उता उनको ४–५ वर्ष अघि देखिको प्रेम उनलाई पर्खिरहेको थियो । विहेको सपना सजाएर पर्खिरहेकी प्रेमिकालाई उनले जसरी भएपनि सिउँदो भर्ने अठोट गरे अन्ततः उनी विवाह बन्धनमा बाँधिएरै छाडे । विवाह त भयो तर, दुर्घटनाले निम्त्याएको मानवीय क्षतीले भने विवाहको रमझम शोखमा परिणत भयो ।

हुने हार दैव नटार भनेझै बस दुर्घटना हुनबाट नजोगीय पनि धेरै मानविय क्षतीहुनबाट भने जोगीएको छ । देशको भौगोलिक अवस्थाले भनौ वा केही कमी कमजोरीका कारण देशमा धेरै सवारी साधन सडक दुर्घटनामा पर्ने गरेका छन् ।

उक्त दुर्घटनामा पनि तीन जनाले ज्यान गुमाएका छन् । मुत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका १ का १७ बर्षिय शिव श्रेष्ठ, सोही स्थानका ७० बर्षिय मान बहादुर थामी र १९ बर्षिय दिपेन्द्र थामी रहेका छन् ।

यो घटनाले भीमेश्वर १ अझैपनि शोकमा डुबेको छ । दुर्घटनामा सामान्य घाइतेह?को उपचारपछि डिस्चार्ज भएका छन् । हाल उनीह?को अवस्था सामान्य रहेको छ ।