Logo

मेघनाथ पहाडी

मंसिर १०, २०८० आईतबार

अनेरास्ववियु बागमतीको अध्यक्षमा एलबी बुढाथोकी सर्बसम्मत


काठमाडौँ । हेटौंडामा जारी रहेको अनेरास्ववियुको प्रथम अधिवेशनबाट बागमतीको अध्यक्षमा एलबी बुढाथोकी लालबहादुर सर्बसम्मत चयन भएका छन् ।

अनेरास्ववियु बागमतीको सहसंयोजक बुढाथोकीको नेतृत्वमा ५१ सदस्यीय कमिटी सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

अध्यक्ष – लाल बहादुर बुढाथोकी

उपाध्यक्ष – युवराज दाहाल

उपाध्यक्ष – अच्युत उप्रेती

उपाध्यक्ष – निशा पुढाशैनी

सचिव – प्रकाश कलाखेती

उपसचिव – प्रशान्त जंग पाण्डे

उपसचिव- पवन तामाङ

उपसचिव – जिप छिरिङ शेर्पा

कोषाध्यक्ष – अमृत बर्तौला

कार्यालय सचिव – लक्ष्मण सिलवाल

नवनिर्बाचित अध्यक्ष बुढाथोकीले अनेरास्ववियुले सकृय ढंगले १० वटै जिल्लामा नयाँ योजनाका साथ काम गर्ने बताए । आफू नेतृत्वमा आएसँगै अनेरास्ववियुलाई निष्पक्ष ढंगले चलायमान गर्ने उनको भनाई छ ।