Logo

भवानी कार्की

असार २९, २०८० शुक्रबार

सांसद तोसिमा कार्कीले गलत बोलेकी हुन् ? कि गलत बुझियो !


काठमाडौँ । गत असार २७ गते बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको दु:खद् निधन भयो । पेरिडाँडामा राखिएको दाहालको सवलाई श्रद्धाञ्जली दिन सबै दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण पुगेका थिए । त्यसैक्रममा सांसद डा. तोसिमा कार्की पनि दाहाललाई श्रद्धाञ्जली दिन पुगेकी थिइन् ।

हजारौका भिडमा श्रद्धाञ्जली कर्ताको अभिव्यक्ति लिइरहेका सञ्चरकर्मीहरुले कार्कीलाई पनि घेर्यो। त्यस क्रममा उनले जे अभिव्यक्ती दिइन् सोही अभिव्यक्तिका कारण तोसिमा कार्कीले आजसम्म पनि गाली खाइरहेकी छन् । के बोलेकी थिइन् त कार्कीले प्रश्नकर्ता र उनको भनाई जस्ताको तस्तै :

पत्रकारः तपाईंले प्रचण्ड पत्नीको एकखालको प्रशंसा गर्नुभो, प्रचण्ड पनि श्रीमतीका लागि कति लागिपरे भन्ने उदाहरण छ । उहाँ श्रीमतीकै लागि हरेक समय आफ्नो समय त्याग गरिरहनु भएको थियो । यसलाई कसरी लिनुहुन्छ ?

तोसिमा हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ । त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरु पनि आउनसक्छ । त्यो कारणले सायद (उहाँ) ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु ।

अहिले पत्नीयोग (पत्नीवियोग) को दुःखमा पर्नुभएको छ । पुत्रको दुःख पनि भोग्नुभएको छ । त्यो बाबजुद प्रधानमन्त्री जस्तो पदमा बसेर (केही) गर्न खोजिराख्नुभएको छ, त्यसमा अहिले विक्षिप्त भएको अवस्थामा हामी धेरै टीकाटिप्पणी नगरौं । उहाँलाई साथ नै दिनुपर्छ जनताले । अरु राजनीतिक हिसाबकिताब र राजनीतिक मुद्दाका कुराहरु त छँदैछन् ।’

पहिलोपटक सुन्दा के बुझ्नुभयो ? के साँच्चै गलत बोलेकी हुन् त उनले ? एकपटक फेरी सुन्नुस र मनन् गर्नुस् । होला सबैको बुझ्ने तरीका फरक हुन सक्छ तर तोसीमाले भनेको यो भनाईमा मानविय संवेदना भन्दा पर गएर बोलेको जस्तो लाग्दैन । हाम्रो नेपाली समाजमा एउटा उखान छ । कागले कान लग्यो भन्दैमा कागको पछि दौडने ।

हो यही भइरहेको छ हाल समाजिक सञ्जालमा । एउटाले जे भन्यो त्यसकै पछि डौडने प्रवृत्तिले गर्दा धेरैलाई हानी पुगेको छ । डा. तोसिमाले बोलेको केही क्लीप्स्लाई भाईरल बनाइयो । त्यसपछि सुरु भयो गालीको बर्षा । धेरैले तोसिमालाई गाली गर्न भ्याएका छन् । तोसिमाले  प्रश्नकर्ताको प्रश्नको जवाफ दिने कोशिस मात्र गरेकी हुन् । तर सामाजिक सञ्जालमा मानिसहरु आफै अदालत, आफै न्ययाधीस बनेका छन् । हुन त टिकटकमा १५ सेकेन्डको भिडियोको चित्र हेरेर अनेक चरित्र हत्या गर्ने यो समाजमा उनले त प्रश्टै बोलेकी छन् । एकपटक सबैको बुझम र मनन गरौँ । सामाजिक सञ्जालमा कसैलाई गालीगलौच गरी मानहानी गर्ने अधिकार कसैको पनि छैन । कसैलाई गाली गलौच गर्यो पछि निर्दोश सावित भएमा अफसोच आफैलाई हुन्छ ।

यतीबेला प्रधानमन्त्री दाहाल शोकमा हुनुहुन्छ । यो दुखद् घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति भगवनले दिउन् । मेरो व्यक्तिगत सहानभुती तथा समवेदना ।