Logo

मेघनाथ पहाडी

भाद्र ७, २०८० बिहीबार

नेशनल प्याब्सन काठमाडौँको अध्यक्षमा उम्मेदवारी दिने अधिकारीको तयारी


काठमाडौँ । नीजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौं जिल्ला अधिवेशन यहि भाद्र २७ गते हुने भएको छ । अधिवेशन नजिकिएसँगै जिल्लाको नेतृत्व गर्न चाहने आकांक्षीहरु पनि देखिन थालेका छन् ।

यसै क्रममा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल होम बहादुर अधिकारी (मनोज)ले आफ्नो उम्मेदवारी घोषणा गरि प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छन् ।

हाल नेशनल प्याब्सन काठमाडौं जिल्लाको उपाध्यक्ष तथा तालिम विभाग प्रमुख रहेर दर्जनौ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका लिडर तथा शिक्षक तालिम कुशलता र सफतापूर्वक सम्पन्न गरिसकेका अधिकारी आफू अध्यक्ष बन्ने कुरामा शत प्रतिशत विश्वस्त रहेको बताउछन् ।

मानव अधिकारको संरक्षण र प्रबर्धनका लागि विश्वब्यापी रुपमा कार्यरत सस्था एम्नेस्टी ईन्टरनेशनल नेपालको केन्द्रिय उप-महासचिव, सफल युवा नेतृत्व विकासमा योगदान गर्ने अन्तर्राष्ट्रिय संस्था जेसिजको केन्द्रिय नोमलोम कोर्डिनेटर, लायन्स, रोटरी र हिसान बागमती प्रदेश कमिटीमा रहेर काम गरेका अधिकारीले आफु अध्यक्ष निर्बाचित भएमा नेशनल प्याब्सन काठमाडौँलाई राजनीतिक प्रभाव र गुटबन्दीबाट मुक्त बनाउदै व्यवसायिक र सम्मानित संस्थाको रुपमा विकास गर्ने योजना रहेको जनाए ।

सामुहिक नेतृत्व प्रणालीबाट एक सदस्य वा पदाधिकारी एक जिम्मेवारी मार्फत निजि विद्यालयको ब्रान्डिङ र स्तर वृद्धि, आपतकालीन कोष स्थापना, गुणस्तरीय शैक्षिक वातावरण, वैज्ञानिक मुल्यांकन प्रणाली र विद्यार्थीहरुको व्यवहारिक सीप विकास केन्द्रित रहने बताए । अधिकारीले अतिरिक्त क्रियाकलापका लागि नियमित तालीम र व्यवस्थापकिय सहयोगमा दिँदै नीजि विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको अभिलेखिकरण गरी सम्बन्धित निकायमा पेश गर्ने योजना अघि बढाउने आफ्नो मुख्य योजना रहेको जनाएका छन् ।