Logo

बागमती पेज

भाद्र ८, २०८० शुक्रबार

बूढानीलकण्ठ-९ मा हरेक शुक्रबार जेष्ठ नागरिकसँग विविध कार्यक्रमको शुरुवात


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९मा हरेक शुक्रबार जेष्ठ नागरिकसङ्ग विविध कार्यक्रमको शुरुवात गरिएको छ । जेष्ठ नागरिकहरुलाई प्रत्येक शुक्रवार भजनकृतन, साङ्गितीक र योग प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

जेष्ठ नागरिकको सम्मान स्वरुप र उहाँहरुको स्वास्थ्यको ख्याल गर्दै सबैमा भेटघाट हुने वातावरण समेत सिर्जना गर्न वडाले यस्तो कार्यक्रमको थालनी गरेको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९का वडाध्यक्ष सुमित्रा त्रिपाठीको भनाई छ ।

कार्यक्रमको शुभारम्भ भदौ ८ गते शुक्रबारदेखि वडा कार्यालयको सभाहलमा ज्येष्ठ नागरिकहरुलाई वाद्यवाधक बजाएर भजन कृतन गर्दै कार्यक्रमको शुरुवात गरिएको थियो । उपस्थित सम्पुर्ण जेष्ठ नागरिकलाई खादा वडाएर सम्मान समेत गरिएको थियो ।