Logo

बागमती पेज

भाद्र १०, २०८० आईतबार

हिमालयन लघुवित्त वित्तीय संस्थाद्वारा कर्जा मिनाहा


काठमाडौँ । चाबहिल काठमाडौँमा केन्द्रीय कार्यालय रहेको हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सुम्नामबेशी सिन्धुलीद्वारा रु. ८७१०० रुपैया कर्जा मिनाहा गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यको मृत्युमा संस्थाले उक्त रकम मिनाहा गरेको हो । र मृतक सदस्यको श्रीमानलाई बिपतको समयमा काजक्रीया गर्न सहयोग रु१९१५० गरी कुल रु।१०६२५० सहयोग गरेको हो।

विपन्न वर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै, सामाजिक उत्तरदायित्व कोष अन्तरेगत, प्राकृतिक प्रकोप नियन्त्रण तथा सुरक्षा अन्तर्गत – आगलागी हावाहुरी वाढि पहिरो, विधालयहरुमा शैक्षिक सामाग्री वितरण, वृद्धाश्रम तथा अनाथालयहरुमा सहयोग कार्यक्रम गरेको छ ।

हाल अफ्रिक्री महादेशवाट सुरु भएको विशेषगरी पशुमा लाग्ने लम्पी स्कीन रोग संवन्धि जनचेतना मुलक कार्यक्रम गरी यसको रोकथाम तथा नियन्त्रणका लागि पहल गरेको शाखा कार्यालय प्रमुख सरोज श्रेष्ठले जानकारी दिए ।