Logo

बागमती पेज

आश्विन ४, २०८० बिहीबार

सिन्धुलीमा सर्पले डस्दा एक महिलाको मृत्यु


काठमाडौँ । सिन्धुलीमा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका ६ हर्षाहीकी ६५ वर्षीया जानुकी माझीको दायाँ हातको साईली औलामा सर्पले टोक्दा मृत्यु भएको हो ।

हिजो उनलाई घरमा काम गर्ने क्रममा सर्पले टोक्दा गम्भीर घाइते भएकी थिईन् । गम्भीर घाइते भएकी माझीको सर्पदंश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिए ।

ढिलोगरी अस्पताल ल्याएको कारण माझीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्।