काठमाडौँ । भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ । भारतको पूर्वी राज्य झारखण्डमा भारी बर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।
झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडकहरु डुबानमा परेका छन् र नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीले बताए ।
भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ ।सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्