Logo

बागमती पेज

आश्विन १६, २०८० मंगलबार

न्युरोडबाट राजस्व छलीको मोबाइल र चोरीको गाडी बरामद


काठमाडौँ । काठमाडौँको न्युरोडबाट प्रहरीले राजस्व छलिको मोबाइल र चोरीको गाडी बरामद गरेको छ । ८० थान मोबाइल र फोर्ड कम्पनीको बा.११ च ५०९४ नम्बरको गाडी बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

राजस्व छलीको मोबाइल र गाडी सहित रामेछापको लिखु गाउँपालिका–७ घर भएका मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद सामान सहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।

अघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।