Logo

बागमती पेज

आश्विन २२, २०८० सोमबार

स्थानीय तहका कर्मचारीलाई प्रहरीको लाठी चार्ज, २० जना घाइते


काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेपछि स्थिति तनावपूर्ण बनेको छ ।

माइतीघर बाट सधैं झैं प्रदर्शन गरेर नयाँ बानेश्वर आउने क्रममा ढुंगामुढा हान्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार र पानीको फोका हानेको थियो । त्यसक्रममा कम्तिमा २० जना प्रदर्शनकारी घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि एभरेष्ट अस्पताल लगिएको छ ।