Logo

मेघनाथ पहाडी

मंसिर ७, २०८० बिहीबार

सिन्धुलीका १५० माओवादी नेता कार्यकर्ता पार्टी छोड्ने, यस्तो छ कारण…


काठमाडौँ । सिन्धुलीका करिव १५० जना नेकमा माओवादीका नेता कार्यकर्ताले पार्टी छोड्ने भएका छन् । पार्टी नेतृत्वले बास्ता नगरेको भन्दै फिक्कल गाउँपालिकाका नेता कार्यकर्ताले पार्टी छोड्न बाध्य भएका हुन् ।

फिक्कल वाईसियल इन्चार्ज छबिरमण पहाडीले पार्टी नेतृत्वको बिचार एकातिर र काम भने अकोतिर हुने गरेको बागमती पेजलाई जानकारी दिए । विभिन्न काम र आवश्यक पर्दा समेत नेतृत्वले बास्ता नगर्दा कतिपय ठाउँमा समस्या परेको उनको भनाई छ ।

फिक्कल गाउँपालिका भित्र माओवादीका कार्यकर्ता, विद्यार्थी राजनीतिमा सत्रिय र ठुलो संख्यामा युवाहरु गरी १५० बढि नेता कार्यकर्ताले पार्टी छोड्न लागेका वाईसियल इन्चार्ज पहाडीले बताए ।

फिक्कल अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष बिपीन पहाडीले पार्टी सत्तामा रहदा पनि आवश्यक पर्ने ठाउँबाट सहयोग नपाएको भन्दै आक्रोस पोखे । साथै नेतृत्वले फिक्कललाई बेवास्ता गरेका कारण संगठन झन कमजोर भएको बताए, फिक्कलमा विकासका काम गर्न आवस्यक छ तर पार्टी सत्तामा हुँदा समेत कुनै योजनाको कुनै सुनुवाई नहुने र पार्टी नेतृत्वले बास्ता नगर्दा फिक्कल विकास निर्माणमा समेत पछाडी परेको उनको गुनासो छ ।

पार्र्टीका नेताहरु सङ्ग सन्तुलन नदेखिएको र जुन पार्र्टीको नेतृत्व तहले युवाहरुको बिचारलाई बेवास्ता गरेको भन्दै पार्टीबाट बिद्रोह गर्न बाध्य हुन परेको फिक्कलका एक नेताले बताए ।

पछिल्लो समय सिन्धुलीमा पार्टी प्रती असन्तुष्टी प्रकट गर्दै माओवादी छाड्नेहरुको संख्या बढ्दो देखिन्छ । सम्पन्न निर्वाचनबाट नै सिन्धुलीमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याएका र पार्टी नेतृत्वमा रहेका नेताहरुले नै पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए ।