Logo

मेघनाथ पहाडी

मंसिर १२, २०८० मंगलबार

सिन्धुलीको फिक्कलमा प्रथम लगानी सम्मेलन हुने


काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी भित्र्याउन प्रथम लगानी सम्मेलन गर्ने भएको छ । गाउँपालिकामा लगानीमैत्री वातावरण सिर्जना गर्न र नविन व्यवसायको खोजी गर्न सुनकोसी मा.वि खाङसाङबेसीमा बुधबार र बिहिबार लगानी सम्मेलन हुने जानकारी गराएको हो ।

फिक्कलमा लगानी भित्र्याई रोजगारी सिर्जना गर्न तथा नयाँ सीप सिकेर पालिकावासीलाई आत्मनिर्भर बनाउन लगानी सम्मेलन गर्न लागिएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताईन् । उनले सम्मेलन पश्चात नयाँ व्यवसायहरुको थालनी हुने विश्वास व्यक्त गरिन् ।

पालिका उपाध्यक्ष राजु बरालले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँने, रोजगारी, आयाआर्जनमा उत्प्रेरित गर्ने उदेश्यले सम्मेलन गर्न लागिएको बताए ।

पालिका भित्रका गरीबी कम गराउने र समृद्ध फिककल, सुखी फिककलवासी बनाउन सम्मेलनको तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर रजन मगरले जानकारी दिए ।

फिक्कलका स्थानीय, उद्योगी, व्यवसायी तथा लगानीकर्ता र सरोकारवाला निकायलाई सल्लाह, सुझाव दिई अभियानलाई सफल बनाउन बिहिबार बिहान १० बजे फिक्कल गाउँपालिकाको सभाहलमा निमन्त्रणा समेत गरिएको छ ।