Logo

बागमती पेज

मंसिर १४, २०८० बिहीबार

८० हजार घुस सहित बूढानीलकण्ठका सब-इन्जिनियर पक्राउ


काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राई ८० हजार घुस सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ बाट पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।