Logo

बागमती पेज

मंसिर २८, २०८० बिहीबार

ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल चयन


ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन भएका छन्।

बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो। ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन्।

साधारणसभाबाट संस्थापक शेयरधनीमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका हुन्।