Logo

बागमती पेज

मंसिर ३०, २०८० शनिबार

प्रधानमन्त्री प्रचण्डद्वारा मानवसेवा आश्रमको नयाँ भवन उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा-९ मा रहेको मानवसेवा आश्रमको केन्द्रिय नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमले अशक्त र अपाङता भएकाहरुका लागी १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको अपाङ्गता मैत्री मुख्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् ।

२०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको मानव आश्रमको २०६९ भदौ १३ गते स्थापना भएको थियो ।

आश्रमको केन्द्रीय कार्यालय हेटौँडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् ।

यस्तै, मानवसेवा आश्रमको बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, मधेश प्रदेशमा ३ र कोशी, कर्णाली प्रदेशमा एउट र सुदूरपश्चिम प्रदेशमा एक/एकवटा गरी २४ वटा आश्रमहरु रहेका छन् । जहाँ एक हजार ७ सय जना आश्रित रहेका छन् ।