Logo

बागमती पेज

पुस ४, २०८० बुधबार

नेपालमै पहिलोपटक बसोबास रियलस्टेट मेला हुँदै


काठमाडौँ । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्ने भएको छ । मेला पौष ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ ।

मेलामार्फत घरजग्गा खरिदकर्ता र ग्राहक दुवै पक्षलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जनाएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि गराइने छ ।

‘बसोबास प्रपर्टि इभेन्ट’का विशेषताहरूः

प्रपर्टिको खरिदमा १ करोडसम्मको छुट,

न्यूनतम मूल्यमा प्रपर्टिको छुट दावी गर्ने मौका,

बजारका ‘अफ मार्केट प्रपर्टि’ बुकिङ गर्ने मौका,

बैंकिङ सेवा सुविधासम्बन्धी विशेष परामर्श,

१० देखि १०० ग्रामसम्म सुन उपहार, आदि ।

‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताउनुभयो । यसो हुँदा घरजग्गा कारोबारमा संलग्न क्रेतारबिक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने बताउनुभयो ।

‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा लिस्टिङ भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यवसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्याधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सय भन्दा बढी प्रपर्टीहरूमा छुट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरिदकर्ताका लागि उपयुक्त हुने किसिमका रहेका छन् ।

मेलामा सहभागी भइ प्रपर्टिको छुट बुकिङ गर्ने सेवाग्राहीले कम्पनीको तर्फबाट प्रपर्टीको किसिम तथा मूल्यअनुसार १ करोडसम्म नगद छुट र १० ग्राम देखि १०० ग्रामसम्म सुन उपहार पाउनेछन् । यी प्रपर्टीको बुकिङ मूल्य बजारमा चलेको भन्दा एकदमै कम राखिएको छ ।

बसोबास प्रपर्टि मेलासम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ । साथै मेलामा उपस्थित भइ प्रपर्टिको छुट बुकिङ गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

बसोबास नेपाल

बसोबास नेपाल, घरजग्गा कारोबारलाई पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यले स्थापित रियलस्टेट मार्केटप्लेस हो । सन् २०१६ मा स्थापना भएको बसोबासले सुरूवाती दिन देखि नै घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सी र ग्राहकहरूबीच सहजकर्ताको भूमिका खेल्दै आएको छ । सेवाग्राहीलाई विभिन्न माध्यमबाट घरजग्गा बजारका गतिविधी, प्रपर्टीको मूल्य तथा नितीनियमका बारेमा जानकारी दिनुका साथै बजारमा चलेका ट्रेन्ड र टेक्नोलोजीहरूको बारेमा ग्राहकहरूलाई सुसूचित गर्दै आएको छ ।