काठमाडौँ। सिन्धुलीमा अटोबाट लडेर गम्भिर घाइते हुनुभएका शान्ति बहादुर भुजेलको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ ।
जिल्लाको गोलन्जोर गाउँपालिका ३ च्यांगलुंग का ३५ बर्षिय शारिरिक अशक्त भुजेल गत मंसिर २७ गते गोलन्जोर–६ स्थित मकरबेसी अक्करमा गुडिरहेको अटोबाट लड्नुभएको थियो । उहाँको टाउकोमा रगत जमेको हुँदा टिचिंग अस्पतालमा पहिलो अप्रेसनपछि भेन्टिलेटरमा उपचार भइरहेकोमा मंगलबार मृत्यु भएको छ ।
अति बिपन्न तथा अशक्त भुजेलको उपचारका लागि आर्थिक अभाव भएकोले गोलन्जोर गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायत स्थानीयबासीले आर्थिक सहयोग जुटाएका थिए ।
प्रतिक्रिया दिनुहोस्