Logo

बागमती पेज

पुस ६, २०८० शुक्रबार

अपरेसन थिएटरका बिरामीलाई डाक्टरले मुक्का हानेपछि…


काठमाडौँ । अपरेसन थिएटरका एक बिरामीलाई डाक्टरले मुक्का प्रहार गरेको भिडिओ भाइरल भएसँगै चीनमा व्यापक आलोचना भएको छ । चीनको आइएर चाइना समूहको अस्पतालमा उक्त घटना भएको हो ।
बीबीसीका अनुसार घटना सन् २०१९ को डिसेम्बरमा भएपनि हाल त्यो क्लिप्स भाइरल भएपछि थप आलोचना र बहस भएको हो ।
मुक्का प्रहारको सीसीटिभी फुटेज आइ फन नाममा चिनियाँ डाक्टरले गत हप्ता सार्वजनिक भएपछि यो घटनाले व्यापक चर्चा पाएको हो । चर्चा तथा आलोचनासँगै अस्पतालले डाक्टर तथा सिईओलाई बर्खास्तसमेत गरेको खबर बाहिर आएको छ ।
त्यसरी डाक्टरले मुक्का प्रहार गरेकी बिरामी ८२ वर्षकी वृद्धा भएको बताइएको छ । चिनियाँ भाषा बोल्न नजान्ने, स्थानिय भाषा बोल्ने र टाउको तथा आँखाको नानी चलमलाउने ती महिलालाई डाक्टरले बुझाउन नसक्दा उनी आक्रोशित भएर मुक्का प्रहार गर्न पुगेको बीबीसीले उल्लेख गरेको छ ।