Logo

बागमती पेज

पुस २७, २०८० शुक्रबार

जन उद्दार माविको अध्यक्षमा टिकेश नारायण श्रेष्ठ


काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको जन उद्दार माविका व्यवस्थापन समिति अध्यक्षमा टिकेशनारायण श्रेष्ठ चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले टिकेश नारायण श्रेष्ठलाई अध्यक्षमा चयन गरेका हुन् ।

व्यवस्थापन समितिको सदस्यमा धर्म श्रेष्ठ, शर्मिला श्रेष्ठ, धनसरा रोकाय, सानुकाजी श्रेष्ठ र त्रिष्णा कंडेल चयन भएका छन् भने जनप्रतिनिधि तर्फबाट कार्यपालिका सदस्य रिना श्रेष्ठ सदस्य बनेकी छन् ।

सो विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक हरे राम खत्री रहेका छन् भने शिक्षक प्रतिनिधि बुद्धी चन्द्र श्रेष्ठलाई चयन गरिएको छ ।