Logo

बागमती पेज

माघ १३, २०८० शनिबार

दोस्रो ‘जूनकीरी गजल साँझ’


काठमाडौँ । जूनकीरी अविश्रान्त उज्यालोले दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न गरेको छ । आज काठमाडौँको शिल्पी थिएटरमा आयोजित एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो ।

गजल साँझमा गजलकारहरू बाबु त्रिपाठी, सुमन स्मारिका, रूपक वनवासी रहनुभएको थियो । पुस्तकालय सहयोगार्थ आयोजित ‘जूनकीरी गजल साँझ’मा गजलकारहरूले आफ्नो भावनालाई गजलका माध्यमबाट प्रस्तुत गर्दै दुख, सुख, हाँसो, रोदन र पीडा र सुखीका कुराहरू व्यक्त गर्नुभएको थियो ।

तीन चरणमा भएको गजल साँझमा सहयोग संघ संस्थाहरूलाई सम्मान गरिएको थियो । यस गजल साँझबाट प्राप्त पुस्तक तथा आर्थिक सहयोगहरू रूकुम पूर्वमा भुकम्पबाट प्रभावित क्षेत्रमा पुस्तकालय निर्माणार्थ प्रयोग गरीने संस्थाका सचिव सुवर्ण गौतमले बताए ।

जूनकीरी अविश्रान्त उज्यालो समाजमका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूलाई विभिन्न तह र तप्काबाट सहयोग गर्दै आईरहेको संस्था हो । जूनकीरीले विभिन्न समयमा सामाजिक, आर्थिक तथा सहयोगी कामहरू गर्दै आइरहेको छ ।

गजल साँझमा विभिन्न व्यक्तिहरूले पुस्तक सहयोग गर्नुका साथै आगामी दिनहरूमा साथ सहयोग सहित अगाडि बढ्ने भावना व्यक्त गरेका थिए ।