Logo

मेघनाथ पहाडी

माघ १३, २०८० शनिबार

समाज डेन्टलको नयाँ शाखा कौशलटारमा बिस्तार


काठमाडौं । समाज डेन्टल हस्पिटलले ९ औँ शाखा कौशलटारमा भक्तपुरमा बिस्तार गरेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औँ शाखा कौशलटार भक्तपुरबाट सेवा सुरु गरेको हो ।

डेण्टलले स्थापनाको २४ औँ वार्षिक उत्सवको अवसरमा कौशलटार भक्तपुरबाट पनि सेवा बिस्तार गरेको छ ।

शनिवार एक विशेष कार्यक्रम गरि मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण हरि आचार्यले सेवाको उद्घाटन गरे । अध्यक्ष आचार्य आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिष्ठित डेन्टलले आफ्नो वडामा आएर सेवा गरेपछि खुशी व्यक्त गरे । उनले आगामी दिनमा वडावासीको स्वास्थको ख्याल गर्दै डेण्टलसङ्ग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०% छुट र बाँकी माघ महिना भरि १५% छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले जनाएका छन् ।

प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामन्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरि एउटै छानामुनी विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय उपचार प्रदान गर्ने बताए ।

कौशलटार भक्तपुरमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले न्युनतम शुल्कमा गुणस्तरीय सेवा दिने बताए । न्युनतम शुल्कमा सबैले दन्त सेवा पाउने भन्दै आगामी दिनमा अझ धेरै सेवा र अन्य स्थानमा पनि शाखा बिस्तार गर्ने बताएका छन् ।

समाज डेण्टल हस्पिटलले विगत २४ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसिटि पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सितापाईला र बनेपा काभ्रेबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।