Logo

बागमती पेज

फाल्गुन १७, २०८० बिहीबार

बुनपा १० को प्रशासनिक भवन शिलान्यास, समयमै काम सक्ने प्रतिवद्धता


काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को प्रशासनिक भवन शिलान्यास भएको छ । आज सिद्देश्वर मन्दिर परिसरमा निर्माण गर्न लागिको भवनको नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगर प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

जम्मा लागत ३ करोड ५९ लाख १८ हजार ७ सय ५१ पैसामा भवन निर्माण हुन लागेको नगर प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले बताए ।

करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवन ठेक्का कालिका निर्माण सेवाले पाएको छ । अण्डर ग्राउन्ड समेत ३।५ तलाको १६ कोठाको भवन निर्माण हुने समेत भट्टराईले बागमती पेजलाई जानकारी दिएका छन् ।

०८२ बैशाखमा सम्पन्न हुने निर्माण कम्पनीका राजु कोइरालाले बताए । समयमै निर्माणकोे काम सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेमा नगरले विषेश पुरस्कारको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।