Logo

बागमती पेज

चैत्र १८, २०८० आईतबार

बागमती प्रदेश सरकारमा एमाले सहभागी


मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। एक वर्षपछि पुनः अर्थ मन्त्रीमा एमालेका नेता जगन्नाथ थपलिया नियुक्त भएका हुन् ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराए ।

यसअघि २६ पुस २०७९ मा पनि थपलिया अर्थमन्त्री बनेका थपलियाले १० चैत्र २०७९ मा तत्कालीन एमाले–माओवादी गठबन्धन टुटेपछि राजीनामा दिएका थिए ।