Logo

भवानी कार्की

चैत्र २९, २०८० बिहीबार

विवेककी असल सहयात्री सिर्जना, जसले छोडिनन् श्रीमानको साथ


काठमाडौँ । हाम्रो समाजमा त्यस्ता धेरै उदाहरणीय जोडी छन् जसले श्रीमान श्रीमतीको अर्थ बुझाइरहेका हुन्छन् । विवाहको अर्थ बुझाइरहेका हुन्छन् । भनिन्छ श्रीमान श्रीमती एक रथका दुई पाङग्रा हुन् । जस्तो सुकै जटिल अवस्थामा पनि एक अर्काको साथ नछोड्ने कसम खाएर लगन गाँठो गाँसेको सम्बन्ध हो विवाह । साँच्चै नै पवित्रा नाता हुँदो रहेछ श्रीमान श्रीमातीको जहाँ कुनै स्वार्थ हुँदैन । यसको ज्वलान्त उदाहरण हुन विवेक र सिर्जना ।

यो जोडीलाई नचिन्ने सायदै होलान । धेरै मानिसहरुले यो जोडीलाई एउटा प्रेरणाको स्रोत भनेर पनि चिन्दछन् । टिकटक भिडियोबाट भाइरल भएका यी जोडीलाई संसारभरका मानिसले प्रेम र हौसला बाँडीरहेका छन् ।

कुनै समय सिर्जनाले श्रीमान विवेकलाई टिकटकमा नचाउँथिन । आफु नाच्नमा माहिर सिर्जनाले खासै ढँग पुर्याएर नाच्न नजान्ने श्रीमानलाई नचाएको भन्दै धेरै प्रतिकृया पनि आइरहन्थे । समय वित्दै जाँदा उनिहरुले धेरै दर्शक कमाएका पनि थिए । लामो समय एउटा मिल्ने साथीको रुपमा रहँदै आएका उनिहरुको अन्तत विवाह भएको थियो । विवाह पश्चात पनि उनिहरुको दैनिकी राम्रै चलेको थियो । दुवै एक अर्काप्रती निकै खुसी थिए । तर समय सँधै एकनास कहाँ हुन्थ्यो र एक्कासी विवेकलाई ब्रेन ट्युमर देखीयो ।

भौतिकशास्त्रमा पिएचडी गर्नलाई पूर्ण छात्रवृत्ति कोटामा अमेरिका जान लागेका थिए विवेक । सिर्जनाले पनि अनेक सपना सजाएकी थिइन् । अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा विवेकलाई क्यान्सर लागेको थाहा भयो । लागेको मात्र होइन चौँथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि उनीहरूमाथि के बित्यो होला, यो त भोग्नेलाई मात्र थाहा होला । लगत्तै उनीहरू अमेरिका गए । विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो । त्यसपछि हालसम्म पनि उनको उपचार चलिरहेको छ ।

श्रीमानसँग बनाएको टिकटकबाट चर्चा कमाएकी सिर्जनाले अहिले पनि श्रीमनसँग टिकटक बनाउँछिन । दर्शकको माग अनुसार उनले टिकटक बनाउँछिन । टिकटक मार्फत उनले आफ्नो दैनिकी अनी श्रीमानको गतिविधि देखाउँछिन् ।

रोगका कारण भौतिकशास्त्रमा पिएचडी गर्नलाई पूर्ण छात्रवृत्ति कोटामा अमेरिका पुगेका विवेकको पिएचडी मात्र होइन, सिर्जनाका सपना पनि विवेकको स्वास्थ्यजस्तै गलेका छन । अमेरिका गएको सुरुवाती दिनमा त्यहाँका विभिन्न ठाउँमा भिडियो बनाउने यो जोडीको जीवनमा त्यतिबेला भूकम्प आयो, जतिबेला विवेककी आमाको निधन भएको थियो ।

तर जस्तो सुकै अवस्थामा पनि सिर्जनाले विवेकको साथ छोडिनन् । उनी श्रीमानको ढाल बनिरहिन । अहिलेपनि सिर्जनाले बनाएको भिडियो हेरेर आँसु नझार्ने दर्शक कमै होलान् । उनी विवेकको जिउने आशा र हौसला बनेकी छिन । हुन त श्रीमान्(श्रीमतीको जोडी जीवनभर जस्तोसुकै परिस्थितिमा पनि रहने भएकाले ‘जीवनसाथी’ भनी नामाकरण गरिएको होला तर यो पूँजीवादी समाज त्यसमाथि पनि व्यक्तिवादी बन्दै गएको हाम्रो सामाजिक संरचनाका लागि सिर्जना एक उदाहरणीय नारी पात्र  बनेकी छिन । 

अहिले विवेक स्वास्थ्यमा सुधार आइरहेको छ । मृत्युको संघर्ष गरीरहेका विवेक सिर्जनाको साथ र हौसलाले ठिक हुँदै छन् । हुनत मेडिकल र विज्ञानको चमत्कार पनि छ । त्यसभन्दा आफ्नो प्रेम र हौसलाले विवेकलाई शक्ति दिने हिम्मत राख्दै निरन्तर साथ र हौसला दिइरहेकी छन् सिर्जना । यो भन्दा बलियो साथ अरु के हुन सक्ला र ।

पछिल्लो समय श्रीमन श्रीमतीको डिभोर्सले चर्चा चुलिएको छ । डिभोर्स गरेर श्रीमानको सम्पत्ती लिएर छुट्टीने जोडी पनि धेरै छन् । तर अव आउने पुस्ताले यो पाठ सिक्नु जरुरी छ । श्रीमान श्रीमतीको नाता भनेको सात जुनी सम्मको लागि हो । जस्तो सुकै परिस्थितीमा पनि सँगै हुन सक्नुपर्छ । तवत सम्बन्ध बलियो हुन्छ । त्यसको लागि सिर्जना र विवेक एक उदाहरण पात्र हुन् ।