काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाईड्रोपावरको ढलान भत्किँदा दुई मजदुर वेपत्ता भएका छन् भने १० जना घाईते भएका छन् ।
जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित ईलेक्ट्रिक हाईड्रो पावरको ढलान भत्किँदा दुई जना वेपत्ता भएका हुन् ।
ढलान गरिरहेका १२ जना कामदारमध्ये १० जनालाई घाईते अवस्थामा उद्धार गरिएको र दुई जना भने अझै वेपत्ता रहेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए।
उनका अनुसार ढलानले किचेर वेपत्ता भएका दुवै जनाको खोजी कार्य जारी रहेको छ ।

 
                            

 
            











 
             
             
             
            
प्रतिक्रिया दिनुहोस्