Logo

बागमती पेज

श्रावण २१, २०८१ सोमबार

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् पदबाट राजीनामा, अहिले भारतको शरणमा 


काठमाडौँ । ढाकामा अत्यधिक प्रदर्शन भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । राजिनामा दिएसँगै उनले देश छोडेर भएको समाचार बाहिरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समेत लेखेको छ ।
प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भवन भएन ।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।
बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ ।
हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।