Logo

बागमती पेज

श्रावण २५, २०८१ शुक्रबार

टुकुचाले कल्भर्टको टेको भत्काउँदा कमलादीको सडकमा भ्वाङ


काठमाडौं। बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा भ्वाङ परेको छ ।

डिभिजन सडक कार्यालय काठमाडौं मातहतको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ परेको छ ।

फुटपाथमा हिँड्न समेत असहज हुने गरी भ्वाङ परेकाले दुई लेनको एकतर्फी यो सडक हाल पूर्णरुपमा बन्द गरिएको छ । सडकमा भ्वाङ परेको जानकारी पाएपछि डिभिजन सडक कार्यालयका अधिकारीहरु अवलोकनका लागि गएका थिए ।