काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित कपनमा रहेको कपन बहुमुखी क्याम्पस सामुुदायीक क्याम्पस हो । यस क्याम्पसलाई बुढानीलकण्ठ नगरपालिकाले सञ्चालनको जिम्मा लिए पश्चात सरकारी क्याम्पस पनि भन्न थालिएको छ । छोटो समयमा आफ्नै भौतिक पूूर्वाधार तयार गरेको यो क्याम्पस छिटै गुणस्तर प्रत्यायन प्राप्तिको लागि अगाडी बढिरहेको छ । त्रि.वि.ले चौथो वर्षको नतिजा प्रकाशनसँगै क्याम्पसमा खुशी छाएको छ ।
२०८१ सालमा बि.बि.एस. चौथो वर्षको नतिजामा गौतमले ७९.६४ प्रतिशत ल्याएर क्याम्पस टप गरेकी छन् । उनको मेहनतको क्याम्पसका शिक्षकले खुलेर प्रशंसा गरे । कपन बहुमुखी क्याम्पसमा अध्ययनरत गौतमले नीजि क्याम्पस पढेर मात्र गुणस्तरीय शिक्षा पाइन्छ भन्नेहरुलाई गतिलो जबाफ नतिजाबाटै दिएकी छन् ।
प्रथम भएकी प्रमिताले भनिन्, ‘आफ्नो मेहनत र लगनशिलताले आज यो सफलता हासिल गर्न सफल भएकी छु । यसमा मेरो क्याम्पस र मेरा अभिभावकको महत्वपूर्ण योगदान छ । आत्म विश्वासका साथ मेहनत गर्दा आज यो स्थानमा प’न सफल भएकी छु ।’
५ महिना देखी आफूले धेरै मेहनत गरेर तयारीका साथ अध्ययन गरेर यो प्रथम स्थान हासिल गर्न सफल भएको उनले बताइन् । केही नजानेका र झुकिन्ने प्रश्न उत्तर सर मेडमलाई सोध्ने तथा सामाजिक संजालमा समेत हेर्ने गरेको उनको अनुुभव छ । उनले भनिन्, ‘क्याम्पसमा शैक्षिक वातावरण र शिक्षकहरुको सहि निर्देशन र आफूले मेहनत गर्दा सफलता प्राप्त गर्न सहजै सकिने रहेछ ।’
कतिपय अभिभावक तथा विद्यार्थीहरु अत्याधिक शुल्क लिने शैक्षिक संस्थामा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने भ्रममा हुनुहुन्छ । यस वर्षमा प्रमिताको नतिजाले प्रष्ट पार्छकी कस्ता र कती शुल्क लिने शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा दिन्छ भनेर ।
कपन बहुमुखी क्याम्पसका प्रमुख भूमिदत्त पौडेलले क्याम्पसले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताएका छन् । विद्यालय शिक्षा र उच्च शिक्षा फरक फरक तवरवाट अगाडी बढाउने क्षेत्र हुन् । विद्यालय शिक्षाले वालवालिकामा शिक्षाको जग बसाल्ने काम गर्दछ भने उच्च शिक्षाले सक्षम जनशक्तिका रुपमा विकास गराउदछ भन्ने मान्यता राख्ने क्याम्पस प्रमुखले क्याम्पसले भित्रबाट सवल, सक्षम बनाउन अवका दिनमा निम्न क्षेत्रमा काम गर्ने बताए ।
‘खुशी विद्यार्थी समृद्ध कपन बहुमुखी क्याम्पस’
सवल र सक्षम क्याम्पस निर्माणमा बनाउने गरी क्याम्पस अगाडी बढेको छ । आर्थिक अभावका कारण पढ्न नपाएका विद्यार्थीलाई समेत क्याम्पसले अध्ययन गराउन सहजीकरण गर्ने प्रमुखको भनाई छ । क्याम्पस यो अवस्थामा आउनुमा स्थानीय समूदायको साथ त थियो नै, बुढानीलकण्ठ नगरपालिकाले थापेको काध र प्रदेश सरकारको सहयोग र राजनीतिज्ञले दिएको साथले क्याम्पस धेरै अगाडी बढ्ने अपेक्षा गर्न सकिन्छ । कपन बहुमुखी क्याम्पसले शुक्रवार नै गौतम समेत चौथो वर्षका उत्तिर्ण विद्यार्थीलाई प्रथम वर्षका विद्यार्थीसंग अन्तक्रिया कार्यक्रम राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्