Logo

बागमती पेज

माघ २४, २०८१ बिहीबार

बुढानिलकण्ठले शनिबार ल्होसार मनाउँदै


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले आगामी शनिबार भब्य रुपमा ल्होसार मनाउने भएको छ ।

नगरपालिकाले तमु, सोनाम र ग्याल्पो ल्होसारको अवशर पारेर ज्येष्ठ नागरिक पार्क गोल्फुटारमा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म ल्होसार मनाउने भएको हो ।

कार्यक्रममा सबै जातजाति र समुदायका प्रतिनिधिहरुको परम्परागत एवं सांस्कृतिक भेशभूषामा, सांस्कृति प्रस्तुति, झाँकी र विभिन्न स्टलहरु प्रदर्शनीमा राखिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा सञ्चारमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरुङ रहने भएका छन् । सबै समुदायको साम्प्रदायिक भावना समेट्न र हार्दिकता साटासाट गर्न कार्यक्रमको आयोजना गरिएको उपप्रमुख अनिता लामाले जानकारी दिनुभयो ।

ल्होसार नेपालमा लामा, भोटे, हयोल्मो, तामाङ र गुरुङ आदीले मनाउदछन् । ल्होसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गासिएको छ । नेपालमा हालसम्म तोलो लोसार, सोनाम लोसार र ग्याल्बो लोसार गरी तीन प्रकारको लोसार मनाईने गरेको पाइन्छ ।