Logo

बागमती पेज

फाल्गुन २९, २०८१ बिहीबार

न्यू मिलेनियम एकेडेमीमा आर्ट एक्सेल कार्यक्रम सम्पन्न, ८६ विद्यार्थी सहभागी


काठमाडौं । बुढानीलकण्ठ ११ मा रहेको न्यू मिलेनियम एकेडेमीमा आर्ट एक्सेल कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमबाट ८६ विद्यार्थीहरू सहभागी भएका छन्। आत्मविश्वास, एकाग्रता, र मानसिक सन्तुलन वृद्धि गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम राम रायमाझी, दमयंती रायमाझी र रोशन कोईरालाद्वारा सञ्चालन गरिएको थियो।

कार्यक्रम अन्तर्गत स्वाश सम्बन्धी प्रविधि, योग, ध्यान, सचेतन अभ्यास, र अन्तरक्रियात्मक गतिविधिहरू समावेश गरिएको थियो । जसले विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, ध्यान केन्द्रित गर्ने क्षमता, पढाइमा एकाग्रताको विकाश, नया कुरा सिक्न सक्ने कलाको वृद्दि र प्रभावकारी संवादकला सुधार्न मद्दत पुर्याएको छ। विद्यार्थीहरूको सकारात्मक परिवर्तनलाई मध्यनजर गर्दै न्यू मिलेनियम एकेडेमीले आगामी दिनहरूमा अन्य ब्याचहरूका लागि पनि यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने तयारी रहेको छ ।

र्यक्रमको सफल कार्यान्वयनमा न्यू मिलेनियम एकेडेमीका प्रिन्सिपल तथा सम्पूर्ण टिमको महत्वपूर्ण योगदान रहेको थियो। उद्धव मडाईं र सरोजराज श्रेष्ठले कार्यक्रमा महत्वपूर्ण भूमिका निभाउनु भएको र कार्यक्रमको सहजिकरण गरेका थिए ।

न्यू मिलेनियम एकेडेमीले योगा मार्फत शिक्षा र जीवन सीपबीचको सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएको छ । जसले विद्यार्थीहरूलाई शैक्षिक सफलता मात्र नभई जीवनका विभिन्न चुनौतीहरू सामना गर्न आवश्यक सीप प्रदान गर्नेछ।