Logo

मेघनाथ पहाडी

भाद्र २८, २०८२ शनिबार

राष्ट्रपति भवन परिसरमा सरसफाइ गर्दै योगदान राष्ट्रको लागि अभियान


काठमाडौं। “देश संकटमा हुँदा हाम्रो योगदान” भन्ने मूल नाराका साथ योगदान राष्ट्रको लागि अभियान द्वारा काठमाडौं महानगर समिति र केन्द्रीय समितिको संयुक्त आयोजनामा राष्ट्रपति भवनको बाहिरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यज्यूहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सरसफाइलाई मात्र उद्देश्य नबनाई यो अभियानले राष्ट्र संकटमा परेका कठिन क्षणमा पनि जिम्मेवारी निर्वाह गर्न सकिने स्पष्ट सन्देश दिएको आयोजकहरूले बताएका छन्।

योगदान राष्ट्रको लागि अभियानका केन्द्रीय अध्यक्ष ओम उप्रेतीले भने, “यो केवल सरसफाइ मात्र होइन, राष्ट्रप्रति हाम्रो अटूट जिम्मेवारी र संकल्पको प्रतीक हो। देशले संकट झेलिरहेको बेला प्रत्येक सदस्यको सानो योगदान पनि ठूलो प्रेरणा बन्न सक्छ भन्ने सन्देश हामीले दिन खोजेका छौं।”

कार्यक्रम सफल पार्न सक्रिय सहयोग पुर्‍याउने सम्पूर्णमा अध्यक्ष उप्रेतीले धन्यवाद ज्ञापन गरेका छन्।

“योगदान राष्ट्रको लागि अभियान” एक सामाजिक र स्वेच्छिक पहल हो, जसले नेपालमा विशेषगरी प्राथमिक उपचार (First Aid) सम्बन्धी कार्यक्रम, तालिम र जनचेतना अभियानहरू सञ्चालन गर्दै आएको छ। राष्ट्र संकटमा परेको वा विपत्ति आएको बेला तत्काल सहयोग पुर्‍याउने उद्देश्यसहित यस अभियानले सरसफाइ, राहत, स्वास्थ्य सचेतना तथा आपतकालीन सहयोगलाई प्राथमिकता दिएको छ।

यसले युवाहरूलाई संगठित गरी “साना–साना योगदानहरू राष्ट्रका लागि ठूलो प्रेरणाको स्रोत बन्न सक्छन्” भन्ने विश्वासलाई व्यवहारमा उतार्दै आएको छ।

योगदान राष्ट्रको लागि प्रथामिक उपचार तालिम तथा प्रथम स्वयंसेवक भेला सम्पन्न

योगदान राष्ट्रको लागि अभियानले अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गर्ने